संविधान दिवसको शुभकामना दिँदै अमेरिकाले भन्यो : आर्थिक वृद्धिका निम्ति निरन्तर सहकार्य गर्न प्रतिबद्ध छौं

काठमाडौँ । संविधान दिवसका अवसरमा अमेरिकाले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ ।
अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई अधिक महत्व दिएको जनाएको छ ।
विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रबर्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।
ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक हालै पारित भएकोलगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको महत्त्वपूर्ण क्षणमा अमेरिका पीडितहरूलाई न्याय दिलाउने दिशामा उक्त विधेयकको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया