दुई महिनामै थपियो १ खर्ब ४ अर्ब सार्वजनिक ऋण,प्रतिव्यक्ति ऋण ८६ हजार ६९८ रुपैयाँ

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा नै १ खर्ब भन्दा बढी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको दुई महिनामा अर्थात साउन र भदौँ महिनामा नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।
चालु आर्थिक बर्षको सुरुमा अर्थात २०८१ को असार मसान्तसम्ममा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । दुई महिनामा १ खर्ब ४ अर्ब थप वृद्धि भई २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
कार्यालयको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४४.३२ प्रतिशत छ । असार मसान्तसम्ममा कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४२.६५ प्रतिशत थियो ।
सरकारले तिर्नुपर्ने आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेका कार्यालयले जनाएको छ । जसमा कुल ग्राहस्थ उत्पादनको तुलानामा आन्तरिक ऋण हिस्सा २१.६६ प्रतिशत रहेको छ भने वाह्य ऋण दायित्व हिस्सा २२.६६ प्रतिशत रहेको छ ।
गत आर्थिक बर्षको अन्त्यसम्ममा सरकारले तिर्नुपर्ने आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रूपैयाँ र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १३ करोड रूपैयाँ पुगेको थियो ।
सार्वजनिक ऋण हिस्सा प्रतिव्यक्ति भाग लगाउँदा ८६ हजार ६९८ रुपैयाँ रुपैयाँ पुगेको छ । कुल सावर्जजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ८३ हजार ४ सय ३१ रुपैयाँ थियो ।










बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया