नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल
मेरोन्यूज
२०८१ असोज ३ गते २१:४१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर स्वास्थ्य बीमा सुधार अभियानमा लागिपरेको बताएका छन् ।
गणेशमान स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ५ (क) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सुलभ मूल्यमा स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा सुधार अभियान चलाएको बताए ।
“स्वास्थ्यमा राज्यले धेरै ठाउँमा रकम छर्नुभन्दा एकै ठाउँमा सेवा प्रदान गर्न सकिए खर्च समेत जोगिन सक्छ”, उनले भने । स्वास्थ्य बीमालाई सुधार गरेर अगाडि बढ्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।
गणेशमान सिंहले नागरिक स्वतन्त्रताका लागि गरेको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उनको योगदानबाट सबैले पाठ सिक्नुपर्ने बताए ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया