ब्रेकअपपछि पनि एकसाथ काम गर्दै सौगात र सृष्टि
मेरोन्यूज
२०८१ असोज ६ गते १२:५३

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि एकसाथ काम गरिरहेका छन् ।
केहिसमयअघि मात्र सौगात र सृष्टिले फिल्म ‘भाइरल गोर्खे’ मा सँगै काम गरेका थिए । उक्त फिल्मको सुटिङ समेत सकिसकेकाे छ।
यसैबीच फिल्म ‘विनोद’ मा सौगातको जोडीको रुपमा सृष्टि देखिने भएकी छन् ।
फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको छ । त्यो पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
बलिराम चौहानको निर्देशनमा बन्ने यस फिल्मको छायांकन मंसीरबाट सुरु हुनेछ। पौराणिक कथामा निर्माण हुने यो फिल्म प्रिरियोडिक वार ड्रामा हो। यस फिल्ममा सौगात र सृष्टिसहित प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायतको अभिनय रहनेछ।
सम्बन्धित










भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया