अपडेट : इरानी खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो
मेरोन्यूज
२०८१ असोज ६ गते १५:४५

काठमाडौँ । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
“ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको सङ्ख्या ५१ पुगेको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।
यसअघि, पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए ।
इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।
सम्बन्धित













रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रतिक्रिया