श्रीलंकामा कसैले पाएन ५० प्रतिशत मत, दोस्रो चरणका मतगणना हुने

काठमाडौं । श्रीलंकामा जारी राष्ट्रपतीय निर्वाचनमा दोस्रो चरणको मतगणना हुने भएको छ । श्रीलंकाको निर्वाचन इतिहासमा दोस्रो चरणको मतगणना पहिलोपटक हुँदै छ ।
श्रीलंकामा राष्ट्रपति निर्वाचन जित्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । अहिलेसम्मको मतगणनामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके अगाडि छन् । उनले ३९.५ प्रतिशत मत पाएका छन् ।
वामपन्थी नेता अनुरालाई मतदाताले भ्रष्ट्राचार विरोधी कदम उठाउने र प्रशासन मजबुत बनाउने वाचाका भरमा मतदान गरेको बताइन्छ ।
मुख्य विपक्षी नेता सजीथ प्रमेदासा उनका सबैभन्दा निकटका प्रतिद्वन्द्वी मानिएका छन् । अहिलेसम्मको मतगणना अनुसार, राष्ट्रपति रानिल विक्रमासिंघे तेस्रो स्थानमा छन् ।
सन् २०२२ मा श्रीलंकामा आन्दोलन भएको थियो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा भएको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले राष्ट्रपति पद त्याग्नु परेको थियो । उक्त घटनापछि श्रीलंकामा पहिलोपटक चुनाव हुँदै छ । सन् २०२२ को प्रदर्शनमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमै प्रवेश गरेका थिए ।
श्रीलंकामा राष्ट्रपतिका उमेदवारमध्ये कुनै एकले मतगणनाको पहिलो चरणमा ५१ प्रतिशत मत हासिल गर्न नसके दोस्रो चरणको मतगणना हुन्छ । श्रीलंकामा सन् १९८२ देखि हालसम्म भएका आठ चुनावमा पहिलो चरणको मतगणनामै राष्ट्रपतिको टुंगो लागेको थियो ।
श्रीलंकामा एक करोड ७० लाख मतदाता छन् । जसमध्ये ७० प्रतिशत मतदान भएको छ ।
राष्ट्रपति पदको नजिक पुगेका अनुरा कुमारा दिसानायकेको दल जनता विमुक्ति पेरामुरा यसअघि कहिल्यै पनि सत्तामा पुगेको छैन । सन् २०२२ मा श्रीलंका आर्थिक संकटमा हुँदा अनुराका भाषणा श्रीलंकामा निकै चर्चित भएका थिए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया