हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौँ- नेतान्याहु

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै लेबनानसँग सीमा जोडिएका गाउँहरूमा बसोबास गर्न इजरायलले आवश्यक कदम चाल्ने बताएका छन्।
हिजबुल्लाहसँग बढेको तनावलाई सम्बोधन गर्दै नेतन्याहूले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएको भिडियो सन्देशमा भने, ‘६० हजार इजरायलीहरूले नजिकैका क्षेत्रहरूबाट आफ्नो घर छोड्नु परेको छ ।’ उनले भने, ‘त्यसपछि हिज्बुल्लाहले एक दिन पनि हामीमाथि आक्रमण गर्न छोडेको छैन ।’ नेतान्याहुले भनेका छन्, ‘कुनै पनि देशले आफ्ना सहरमा बम विष्फोट सहने छैन, हामी पनि सहने छैनौँ ।’
गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि इजरायल र हमासबीच द्वन्द्व चलिरहेको छ ।
एकातिर इजरायलले आफ्नो दक्षिणी सिमाना नजिकै हमासलाई हटाउने प्रयास गरिरहेको बेला अर्कोतर्फ हिजबुल्लाहले पनि इजरायललाई आफ्नो उत्तरी सिमाना र लेबनानको दक्षिणी सिमानाबाट आक्रमण गर्न थालेको छ । यद्यपि, विगतका महिनाहरूमा इजरायलले हिजबुल्लाहका स्थानहरूलाई पनि निशाना बनाएको छ।
यसै साता लेबनानमा सञ्चार उपकरणमा भएको विष्फोटपछि इजरायली रक्षामन्त्रीले सेना उत्तरतर्फ अघि बढिरहेको बताएका छन् ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया