श्रीलङ्का राष्ट्रपति निर्वाचन : मार्क्सवादी नेता दिसानायका निर्वाचित

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका मुलुकको राष्ट्रपतिमा निर्वाचित हुनुभएको घोषणा गरेको छ । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ ।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहेका छन् । सन् २०२२ को आर्थिक पतनको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहे।
विक्रमासिङ्घेले अहिलेसम्म पराजय स्वीकार गर्नुभएको छैन तर विदेशमन्त्री अली साब्रीले दिसानायका विजयी हुनुभएको स्पष्ट भएको बताए।
“मैले राष्ट्रपति रनिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय गरिसकेका छन् । म अनुरा कुमारा दिसानायकाका लागि प्राप्त जनादेशलाई पूर्ण रूपमा सम्मान गर्छु”, साब्रीले सामाजिक सञ्जालमा भने ।
दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा सपथ लिनुहुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।













कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
प्रतिक्रिया