श्रीलङ्का राष्ट्रपति निर्वाचन : मार्क्सवादी नेता दिसानायका निर्वाचित

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका मुलुकको राष्ट्रपतिमा निर्वाचित हुनुभएको घोषणा गरेको छ । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ ।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहेका छन् । सन् २०२२ को आर्थिक पतनको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहे।
विक्रमासिङ्घेले अहिलेसम्म पराजय स्वीकार गर्नुभएको छैन तर विदेशमन्त्री अली साब्रीले दिसानायका विजयी हुनुभएको स्पष्ट भएको बताए।
“मैले राष्ट्रपति रनिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय गरिसकेका छन् । म अनुरा कुमारा दिसानायकाका लागि प्राप्त जनादेशलाई पूर्ण रूपमा सम्मान गर्छु”, साब्रीले सामाजिक सञ्जालमा भने ।
दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा सपथ लिनुहुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।
















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
संवैधानिक परिषद्को बैठक सुरु
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया