जापानमा वर्षाका कारण ६ जनाको मृत्यु, १० बेपत्ता

जापानको इशिकावा प्रान्तमा भारी बर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
मृतक मध्येका दुई जना कामदार आइतबार एउटा सुरङनजिकै मृत फेला परेका थिए । स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय सञ्चारमाध्यम एनएचकेले शनिबार भग्नावशेषमुनि गाडिएका अन्य दुई जना महिलाको शव फेला परेको जनाएको छ ।
नदी क्षेत्र नजिकै उद्धार गरिएको एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने एउटा घर पहिरोमा डुब्दा थप एक जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
अधिकारीहरूले अझै पनि केही व्यक्तिहरूको सुरक्षा पुष्टि नभएकाले वेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको एनएचकेले जनाएको छ ।
भारी वर्षाले शनिबारदेखि इशिकावामा सामान्य जनजीवन प्रभावित भएको छ भने यो क्षेत्र केही समयअघि मात्र ठूलो भूकम्पबाट प्रभावित भएको थियो ।
जापानीको मौसम विभागले आइतबारदेखि इशिकावा प्रान्तका केही भागहरूका लागि भारी वर्षाको आपतकालीन चेतावनीलाई कम गर्दैसम्भावित बाढी र पहिरो विरुद्ध निरन्तर सतर्कता अपनाउन आह्वान गरेको छ ।
एनएचकेका अनुसार भारी वर्षाले निम्त्याएको पहिरोका कारण जापानका ११५ वटा गाउँलाई सिथिल पारेको छ भने आपूर्ति र पूर्वाधारमा लामो समयसम्म पर्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया