सिप्रदीले ‘टाटा केयर क्याम्प’ आयोजना गर्दै

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केएर क्याम्प’ आयोजना गर्ने भएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिने उद्देश्यअनुरूप यो क्याम्प आयोजना गर्न लगिएको सिप्रदीले जनाएको छ ।
यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आईसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही असोज ९ गतेबाट ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धी सञ्जालहरूमा सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न सक्नेछन् । उनीहरूले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षणजस्ता सुविधा निःशुल्क पाउने जनाइएको छ ।
त्यसैगरी ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशत छुट दिइनेछ भने टप वासिङ सित्तैमा गरिने कम्पनीले जनाएको छ ।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया