भेरानको फुटबलबाट सन्यास
मेरोन्यूज
२०८१ असोज ९ गते १६:४९

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् ।
३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ।
भेरान हाल सिरी ए क्लब कोमोमा आवद्ध थिए । यस सिजनको शुरुमा फ्री-ट्रान्सफरमा म्यानचेस्टर युनाइटेड छोडेर कोमोमा आवद्ध भएका भेरानले एक खेल खेलर घाइते भएका थिए । उनी लामो समय इन्जुरी हुने निश्चित भएपछि कोमोले उनलाई सिरी ए मा दर्ता समेत गरेको थिएन । लामो इन्जुरी हुने भएपछि भेरानले सन्यासको घोषणा गरेका छन् ।
भेरान फ्रान्सको राष्ट्रिय राष्ट्र्रिय टिमबाट भने २०२३ को फेब्रुअरीमै सन्यास लिएका थिए ।
२०११ देखि २०२१ सम्म रियल म्याड्रिडबाट खेलेका भेरानले चार च्याम्पियन्स लिग जितेका छन् । भेरान फ्रान्सले २०१८ को विश्वकप र २०२२ मा विश्वकपको उपविजेता टिमका महत्वपूर्ण सदस्य थिए ।
सम्बन्धित
















कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया