नेपाल बैंकका ग्राहकहरूले दराजमा विशेष छुट पाउने, कुन भुक्तानीमा कति छुट ?

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका ग्राहकहरूले अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि.मा विशेष छुट पाउने भएका छन् ।
बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएसँगै ग्राहकहरूले यस्तो सुविधा प्राप्त गर्ने भएका हुन् ।
नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ ।
बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म छुट हुनेछ ।
त्यस्तै, क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सकिनेछ ।
छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्र्पक गरि ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
सो योजना असोज ११ गतेदेखि २१ सम्म लागू हुने बैंकले जनाएको छ ।

















नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया