जापानको नयाँ प्रधानमन्त्री बन्दै शिगेरु इशिबा
मेरोन्यूज
२०८१ असोज ११ गते १३:२५

काठमाडौँ। शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो ।
मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका हुन् । संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण रहेकाले इसिबा अब जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । ६७ बर्षिय इशिबाले पहिलो र दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन् । पार्टी नेताको निर्वाचनमा पाँचौं पटकमा इसिबाले जित हासिल गरेका छन् ।
सम्बन्धित












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया