जापानको नयाँ प्रधानमन्त्री बन्दै शिगेरु इशिबा
मेरोन्यूज
२०८१ असोज ११ गते १३:२५

काठमाडौँ। शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो ।
मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका हुन् । संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण रहेकाले इसिबा अब जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । ६७ बर्षिय इशिबाले पहिलो र दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन् । पार्टी नेताको निर्वाचनमा पाँचौं पटकमा इसिबाले जित हासिल गरेका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया