यस्तो छ आजको मौसम पूर्वानुमान
मेरोन्यूज
२०८१ असोज १४ गते ६:४४

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया