जापानमा अक्टोबरमा चुनाव हुने

काठमाडौँ । जापानका नवनिर्वाचित प्रधानमन्त्री शिगेरु इसिबाले आगामी अक्टोबर २७ मा देशमा आम निर्वाचन गर्ने घोषणा गरेका छन् । आफुले प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारीमा रहेका इसिबाले अक्टोबर २७ मा आम निर्वाचनको घोषणा गरेका हुन् ।
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष पदका लागि हालै भएको निर्वाचनमा शिगेरु इसिबा विजयी भएका थिए । जापानमा सत्तारुढ दलको अध्यक्ष देशको प्रधानमन्त्री बन्छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाको स्थानमा शिगेरु इसिबा मंगलबार जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
शिगेरु इसिबाले अक्टोबर १ बाट संसदको अधिवेशन सुरु भएपछि प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । संसदको दुवै सदनमा एलडीपीको बहुमत छ । यस्तो अवस्थामा पार्टी अध्यक्षमा निर्वाचित इशिबाको कार्यकाल २०२५ जुलाईसम्मको थियो र त्यसपछि देशमा आम निर्वाचन हुने भनिए पनि अब सिगेरु इसिबाले निर्वाचन घोषणा गर्ने स्पष्ट पारेका छन् ।
जापानको सत्तारुढ दल एलडीपीको लोकप्रियता पछिल्लो समय घटेको छ । पार्टीको नाम धेरै विवादमा जोडिएको छ । विवादका कारण वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले पदबाट राजीनामा दिनुपरेको थियो ।
यस्तो अवस्थामा नयाँ प्रधानमन्त्री इसिबा आफ्नो विद्यमान लोकप्रियतालाई कायम राख्न र पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले समयमै निर्वाचन गराउने पक्षमा छन् । मिडिया रिपोर्टका अनुसार इशिबाले अक्टोबर ९ मा संसद विघटन गर्न सक्नेछन् र त्यसपछि उनले प्रचारका लागि १२ दिन मात्र पाउनेछन् । माथिल्लो सदनको कार्यकाल तोकिएको समयसीमा अर्थात जुलाई २०२५ सम्म जारी रहनेछ ।
जापानको आम चुनावमा सत्तारुढ एलडीपीले जापानको संविधान लोकतान्त्रिक पार्टीको सामना गर्नेछ । साथै, कन्जरभेटिभ जापान इनोभेसन पार्टी पनि प्रमुख प्रतिद्वन्द्वी हो । संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।
















कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया