चोरीका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारीसाधन चोरी घटना नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिलाई कारवाहीको प्रक्रिया तीव्र पारेको छ । सोही क्रममा महाशाखाले चोरिएका २६ मोटरसाइकल खोजतलास गरी फेला पारेर आज धनीलाई बुझाएको छ ।
ती मोटरसाइकल काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा धादिङ, चितवन, मकवानपुर र बाराबाट चोरी भएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकलको कागजात धनीलाई हस्तान्तरण गर्दै सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताए ।
उनले मोटरसाइकल एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको र चोरी भएपछि नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाइ बेचबिखन गर्ने गरेको पाइएको जानकारी दिए । ट्राफिक प्रहरीले विशेष सूचना सङ्कलन गरी मोटरसाइकल खोज्ने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाउने गर्दछन् ।

अन्य अनुसन्धानपश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजेर सवारी धनीलाई जिम्मा लगाउनुका साथै चोरीमा संलग्न ४७ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महशाखाले जनाएको छ ।
प्रहरीले चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर वा अनलाइन सेवा लस्ट भेहिकल एप्लीकेशनमा मा लग इन गरेर निवेदन दिने सकिनेछ ।















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया