स्ट्याण्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तबीच ऋण सहयोगसम्बन्धी सम्झौता

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्था बीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइस र निजी क्षेत्र सञ्चालन विभागका महानिर्देशक सुजैन गाबोरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार, छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारी लगायतको सहभागिता थियो ।
सम्झौताअनुसार एडीबीले स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत छिमेक लघुवित्तलाई ऋण सहयोग गर्नेछ । उक्त रकमबाट छिमेक लघुवित्तले ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायका व्यक्तिलाई आयआर्जनका लागि ऋण प्रदान गर्ने बताइएको छ । यसरी प्रदान गरिएको ऋणले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन मद्दत पुग्ने अपेक्षा छ ।
कार्यक्रममा एडीबी कन्ट्री डाइरेक्टर काउचोइसले एडीबीको लघुवित्त कार्यक्रमअन्तर्गत दिइने ऋणले नेपालमा वित्तीय समावेशिता कायम राखी र लैंगिक भेदभाव हटाइ सीमान्तकृत र पिछडिएका महिलाहरूको आर्थिक स्थित उकास्न सहयोग गर्ने विश्वास लिएको बताए । उनले एडीबीको लघुवित्त कार्यक्रमअन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको बताए ।
यसैगरी, छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारीले यो ऋण नेपालका ग्रामीण भेगमा रहेका सीमान्तकृत समुदायको आर्थिक स्तर उकास्न उपयोग गरिने बताए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ दस्तीदारले नेपालका सिमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप बढाउँदै लाने जनाए ।

















सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै
झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया