एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

गलकोट (बागलुङ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउनुहुन्छ । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।
लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले रु १० लाख ५० हजारको निगुरो बिक्री गरे ।
पुर्जाले भने, “वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा रु एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौं ।” पुर्जाले मात्रै यस वर्ष रु आठ लाख ५० हजार र माया पुनले रु दूई लाख ५० हजारको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए। रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आउनुभएको छ । बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा रु ८० र खुद्रा प्रतिमुठा रु १०० मा बिक्री हुने गरेको छ ।

















कम्बोडियाबाट २० नेपालीको उद्धार
चितवन राष्टिय निकुञ्जको २ सय ५ गोही नदीमा छाडियो
कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया