चलचित्र ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक

काठमाडौं । दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक भएको छ ।
करिब २ मिनेट ५७ सेकेण्डको ट्रेलरले चलचित्रको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर चलचित्र बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
चलचित्रमा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ ।










म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा
मधेशका सभामुख मण्डल पदमुक्त
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया