असोज १८ गते शुक्रवार : तपाइकाे आजकाे दिन कस्ताे रहला ? हेर्नुहाेस राशिफल

२०८१, असोज १८ शुक्रवार ,असोज शुक्ल द्वितीया
पञ्चाङ्ग: वैधृति बालव चित्रा
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज आस्था बढेर जानेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला, तर शेयर बजारबाट राम्रो लाभ मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज माया प्रेममा सामीप्यता बढ्दै जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आर्थिक लाभ पनि राम्रै होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । शेयर बजारबाट पनि राम्रो लाभ मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुनै मन्दिरको दर्शन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनसक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
गरेको काममा ढिलासुस्ती हुनेछ । तनाव बढेको महसुस हुनसक्छ, अत : विचार गरेर निर्णय लिनु उचित होला साँझमा नयाँ खबर भने पाइन सक्छ ।









शेख हसिना अर्काे भ्रष्टाचारमा दोषी ठहर, बहिनीकी छोरी पनि संलग्न
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बुटवलको हायात प्लेस सञ्चालनमा
एड्सको अन्त्य गर्न सबैलाई एकजुट हुन स्वास्थ्यमन्त्री गौतमको आह्वान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया