सबै अस्पतालमा ५० प्रतिशत बेड कोभिड-१९ का बिरामीलाई छुट्याउन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले आफू मातहतका सबै अस्पतालमा ५० प्रतिशत बेड कोभिड-१९ का बिरामी व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमण पुनस् तिब्र गतिमा फैलिन थालेपछि यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले अत्यन्त जरुरी भन्दै विहीबार जारी गरेको सूचनामा सबै सरकारी अस्पतालमा कोभिड-१९ का बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन भनिएको छ । कोभिडका बिरामीलाई यसअघि तोकिए अनुसार नै निस्शुल्क सेवा प्रदान गर्न समेत निर्देशन दिइएको छ ।
यसैगरी, कोभिडको उपचार गर्ने निजी अस्पतालले संक्रमितको औषधि बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा सामान्य अवस्थाका बिरामीको लागि प्रतिदिन ३ हजार ५०० रुपैयाँ, मध्यम अवस्थाका लागि प्रतिदिन ७ हजार रुपैयाँ र जटिललाई प्रतिदिन १५ हजार रुपैयाँ र त्यसमा ५० प्रतिशत थप नबढ्ने गरी लिन सक्ने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया