भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटनाः २ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ३ गते १४:५२

भक्तपुर । भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाँकेको नेपालगंज घर भई काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सुर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिकाका १८ वर्षीय सुमन गिरी रहेका छन् ।
शुक्रबार सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको प्र-३-०२-००१ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । घाइतेभएका उनिहरुलाई उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
घटनास्थलको सिसिटिभी फुटेज अनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक किनाराको बारमा ठोक्किएको थियो । प्रहरीका अनुसार उक्त मोटरसाइकल तीव्र गतिमा थियो।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया