बिहीबार, फागुन १४, २०८२

स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार

मेरोन्यूज २०७८ वैशाख ३ गते १७:३५

स्याङ्जा । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जिएसएम सेवाको विस्तार गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्पmत बजारमा रहेका ९८ घरधुरी लाभान्वित भएका छन् । यसैगरी सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।

करादी बजार गल्याङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत रहेकाले टेलिकमको सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपानसन मार्फत करादी बजारमा जिएसएम सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।

त्यसैगरि, जिएसएम प्रविधि मार्पmत वायरलेस सेवा प्रदान गरिएपनि निकट भविष्यमै सोही ठाँउबाट वायरलाईन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पिएसटिएन ल्याण्डलाईन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराईने टेलिकमको दाबी छ ।
उक्त सेवा मार्पmत वायरलेस र वायरलाइन दुबै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरि सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया