इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमाण्डर सम्मानित

काठमाडौँ । इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमाण्डरलाई सम्मानित गरेको छ ।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको वेबसाइटका अनुसार सर्वोच्च नेताले ‘रिभोल्युसनरी गार्ड्स’का ‘एयरोस्पेस कमान्डर’लाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि विभूषित गरेका छन्।
“अयातुल्लाह खामेनीले गार्ड्स एरोस्पेस फोर्सका कमान्डर जनरल अमिराली हाजिजादेहलाई अर्डर अफ फाथ अर्थात् ‘विजयको लागि सम्मान’ द्वारा विभूषित गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।
वेबसाइटमा जनाइएअनुसार यो विभूषण ‘ईमान्दारिता र राष्ट्रिय गौरब’ का क्षेत्रमा योगदान पु¥याएबापत प्रदान गरिएको हो ।
६२ वर्षीय हाजिजादेहले सन् २००९ मा स्थापना भएदेखि इरानी सेनाको एयरोस्पेस युनिटको नेतृत्व गर्दै आउनुभएको छ ।
इजरायली हवाई हमलामा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र आईआरजीसीका शीर्ष जनरल अब्बास निलफरहानको मृत्यु भएको बदलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले गत मङ्गलबार इजरायलमाथि करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो ।
गत अप्रिलमा दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा भएको घातक आक्रमणको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि इरानले छ महिनायता इजरायलमाथि गरेको यो दोस्रो प्रत्यक्ष आक्रमण थियोे ।
इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको छिट्टै उचित जवाफ दिने इजरायलले बताएको छ ।
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया