इच्छाकामना गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
अबदेखि इच्छाकामनाका नागरिकले रगतका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।
सम्झौताअनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचयपत्र वा सिफारिसपत्रको प्रतिलिपि भने बुझाउनुपर्नेछ ।
यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुविधा लिन पाउने छन् । सम्झौतामा उल्लेख भएअनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको निःशुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ ।
योसँगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन् ।
गाउँपालिकाले सबै दुर्गमका बासिन्दालाई पनि स्वास्थ्यको पहुँचमा पुर्याएको अध्यक्ष गुरुङले बताइन् । हाल पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको उनको भनाई थियो । (रासस)

















धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं–५ का उम्मेदवार कांग्रेस महामन्त्री पौडेलको प्रतिज्ञापत्र सार्वजनिक
South Korea and Brazil sign deals on K-beauty, trade
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसंघ नेपालका आवासीय संयोजकको भेट
Constitution amendment mandatory: Chair Yadav
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
प्रतिक्रिया