‘एक्टर’को गीत ‘दिन बित्ला’मा प्रदीप र दिब्या
मेरोन्यूज
२०८१ असोज २४ गते १९:०५

काठमाडौं । चलचित्र ‘एक्टरः टेक वन’को गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ । रोमान्टिक भावको गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ । शब्द राजेशकुमार श्रेष्ठको छ । संगीत एलिश कार्कीले दिएका छन् ।
गीतले प्रेममा रहेका दुई व्यक्ति र सम्बन्धलाई समयले पार्ने प्रभावलाई देखाएको छ । गीतको भिडियोमा प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझी छन् ।
चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ ।
चलचित्रमा प्रदीप र दिब्यासँगै आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारको प्रमुख भूमिका छ ।
चलचित्रमा निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।
सम्बन्धित














गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया