बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।
बन्दीपुरस्थित होटेल हिमालय दरबारमा बसेका उनीहरूलाई होटेल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटेलका सञ्चालक वैश गुरुङले दसैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए ।
उनले भने, “नेपालीको रीतिरिवाज र कला संस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौ ।”
केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए। उनले भने, “अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ ।”












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
प्रतिक्रिया