सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढायो

काठमाडौं । स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।
अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ तथा डिजेल र मट्टीतेलको १०४ रुपैयाँ तय भएको छ । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी ७६ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ७२ पैसा र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१० रुपैयाँ ४७ पैसा घाटा भई १५ दिनमा ७० करोड ६६ लाख रुपैयाँ घाटा हुने उपाध्यायले बताए ।
सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने उनले बताए ।
मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजेल ३५ रुपैयाँ ४१ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

















नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश
उत्तर–पूर्वी नाइजेरियामा आक्रमण, २५ जनाको मृत्यु
धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश
शंकर पोखरेलले सार्वजनिक गरे पाँच संकल्प
Singha Durbar can be rebuilt: RSP Chair Lamichhane
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रतिक्रिया