नाइजेरियामा इन्धन ट्यांकर विस्फोटमा करिब १०० जनाको मृत्यु

उत्तरी नाइजेरियामा एउटा इन्धन ट्यांकर विस्फोट हुँदा करिब एक सय जनाको मृत्यु र ५० जना घाइते भएको प्रहरीले बुधबार बताएको छ ।
प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मङ्गलबार राति उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।
उनले माजिया शहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्यांकर पल्टिएको जानकारी दिए। “हामीले अहिलेसम्म ९४ जनाको मृत्यु र लगभग ५० जना घाइते भएको पुष्टि गरेका छौँ”, उनले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिँदै भने ।
दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन सङ्कलन गरिरहेका थिए ।
नाइजेरियान मेडिकल एसोसिएसनले चिकित्सकहरूलाई बिरामीहरूको चापलाई सम्हाल्न नजिकैका आपत्कालीन कक्षहरूमा जान आग्रह गरेको छ ।
इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।
नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कट भोगिरहेको बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ ।
राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ, र प्रायः अभाव हुने गर्छ ।
गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।
– खतरनाक सडकहरू –
देशमा ट्याङ्करहरू संलग्न दुर्घटनाहरू बारम्बार हुने गर्छन् । सङ्घीय सडक सुरक्षा आयोग (एफआरएससी) ले सन् २०२० मा एक हजार पाँच सय ३१ दुर्घटना अभिलेख गरेको छ, जसमा पाँच सय ३५ जनाको मृत्यु भएको थियो ।
गत महिना उत्तर–पश्चिमी निगर राज्यमा एउटा इन्धन ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा ५९ जनाको मृत्यु भएको थियो ।
एफआरएससीका अनुसार सन् २०२३ मा नाइजेरियामा सडक दुर्घटनामा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष लगभग छ हजार पाँच सय जनाको मृत्यु भएको थियो ।
यद्यपि विश्व स्वास्थ्य सङ्गठनका अनुसार यी आँकडाहरूमा अधिकारीहरूलाई रिपोर्ट नगरिएका दुर्घटनाहरू समावेश छैनन् ।
गत वर्ष प्रकाशित एक प्रतिवेदनमा नाइजेरियामा वार्षिक सडक दुर्घटना मृत्यु सङ्ख्या ४० हजारको नजिक रहेको अनुमान गरिएको उल्लेख छ ।
महाद्वीपका सबैभन्दा ठूला कच्चा तेल उत्पादकहरू मध्ये एक नाइजेरियाको इन्धन र तेल पूर्वाधारमा घातक आगलागी र विस्फोटहरू पनि हुने गर्छन् ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया