प्रदेश १ प्रदेश सभाको जारी गतिरोध अन्त्य गर्न मुख्यमन्त्री राईले सम्वाधेन गर्ने
अवरोध गरे अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी

मोरङ । प्रदेश १ को प्रदेश सभामा जारी गतिरोध अन्त्य गर्न मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् ।
विशेष समयमा मुख्यमन्त्री राईलाई बोल्न नदिए प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सदनमा आइतबार मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेको बताए ।
‘प्रतिपक्षी दलहरूले विशेष समयमा मुख्यमन्त्रीलाई बोल्न नदिए त्यसपछि सरकारले निर्णय लिन्छ,’ उनले भने, ‘अहिले सदनको गतिरोध अन्त्यका लागि प्रतिपक्षी दलहरूसँग छलफल गरिरहेको र निकास ननिस्किए सरकारले निर्णय लिने छ ।’
सत्ता समर्थक दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सहमति कायम नगरेसम्म सरकार प्रमुखलाई जबरजस्ती बोल्न नदिने बताए । सदनमा अबरोध कायमै रहने उनको भनाई छ ।
प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सदन अवरोध गर्दै आएका दलहरूसँग सहमति नगरेसम्म मुख्यमन्त्री राईलाई प्रदेशसभा बैठकमा बोल्न नदिने बताए ।
चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरूको स्रोतको सुनिश्चितताको माग गर्दै एमाले बाहेकका दलले प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया