अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाडौँ । व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।
अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताउनुभएको हो । उनले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिए।
राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए।
बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराउन भएको थियो । बैठकमा मन्त्रालयका उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।

















शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया