सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : आइएफआरसी

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले सङ्कटासन्न समुदायलाई आवश्यकताका आधारमा मानवीय सहयोग जारी रहेको जनाएको छ।
आइएफआरसीले नेपाल रेडक्रसमार्फत हालसम्म यस वर्षको मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित करिब पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा खाद्यान्न वितरणमा सहयोग गरेको जनाएको हो।
साथै बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत वितरण गर्नेगरी नेपाल रेडक्रसका विभिन्न गोदामघरबाट हालसम्ममा रु तीन करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्री (कम्बल, त्रिपाल, म्याट्रेस, सरसफाइ कीट ब्ल्याङ्केट, स्लिपिङ ब्याग आदि) जिल्ला शाखामा पठाइएको जनाइएको छ।
नेपाल रेडक्रसद्वारा जारी विज्ञप्तिका अनुसार हालसम्म तीन आठ सय १७ परिवारलाई रु दुई करोड २७ लाख बराबरको नगद र गैरखाद्य राहत सामग्री वितरण गरिसकिएको छ भने आठ सय ७४ जना स्वयंसेवक तथा कर्मचारी खोज तथा उद्धार कार्यमा परिचालित भएका छन्।
आइएफआरसीका महासचिव जगन चापागाईँले गत असोज १०, ११ र १२ गतेको बाढीपहिरो तथा डुबान प्रभावितका लागि तत्काल आइएफआरसीको आपत्कालीन सहयोग कोषमार्फत रु नौ करोडको सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।












आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया