कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।









Serious review of slow economic growth imperative: Finance Minister Khanal
Banke records 39 HIV cases in four months
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
खैरो हिरोइन र नगदसहित काठमाडौँबाट एकजना पक्राउ
गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया