बाबुराम नेतृत्वको नेसपाकाे नाम फेरियो, थपियो ‘नयाँ शक्ति’
मेरोन्यूज
२०८१ कार्तिक ६ गते १८:३३

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको हाे।
यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पार्टीको झन्डा र चुनाव चिन्ह आँखा राख्ने र केन्द्रीय कमिटी ९९ सदस्यीय हुने निर्णय गरेको छ । यस्तै पदाधिकारी ११ सदस्यीय हुनेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने छन् ।
अधिवेशनले सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित गर्ने र पार्टीमा युवा प्रतिनिधित्व बढाउने निर्णय पनि भएको छ ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया