अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा नपुर्याऊन रास्वपालाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले)ले सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा संसदीय समितिको प्रतिवेदनानुसार छानबिन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध गालीगलौच गरिएकामा आपत्ति जनाएको छ ।
एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्तिमार्फत छानबिनको प्रक्रियालाई प्रभावित पार्ने गरी भ्रम सिर्जना गरिएको बताएका छन् । “संसदीय छानबिन समितिले सर्वसम्मत रूपमा औँल्याएको विषयमा छानबिनको प्रक्रिया अघि बढिरहेको अवस्थामा सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति र निकायका विरुद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौच गर्ने र गलत आक्षेप लगाउँदै छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय हो,” विज्ञप्तिमा भनिएको छ, “फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाई फौजदारी न्याय प्रणालीको प्रभावकारिता बनाउनु सबैको साझा दायित्वको हो ।”
एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अनुसन्धानमा बाधा पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । “हाम्रो पार्टी अख्तियारप्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पुर्याउने खालका कुनै पनि प्रकारका गतिविधि नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “नेपाल सरकारलाई समेत त्यसप्रकारको गतिविधि नियन्त्रण गर्न स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार गर्न अनुरोध गर्दछ ।”



















परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
EC receives 66 complaints of code of conduct violation
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना परिचालन
झापाबाट जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया