भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

काठमाडौं । भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम विभागले दिएको थियो ।
ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिँदा १६ जना माछुवर बेपत्ता भएको मिडिया रिपोर्टमा उल्लेख छ । अहिलेसम्म भारतमा दाना आँधीका कारण ३०० उडान रद्द गरिएको र ५५० भन्दा बढी रेल रद्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । त्यस्तै कोलकोता र भुवनेश्वरका विमानस्थल १५ घण्टाका लागि बन्द गरिएको बताइएको छ ।
सरकारले दाना आँधीले गर्ने सम्भावित क्षतिपछिको राहत र उद्धारका लागि २८८ टिम तैनाथ गरेको बताएको छ । भारतीय मौसम विज्ञान विभागको आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले माछा मार्नेहरुलाई समुन्द्रमा नजान आग्रह गरेको छ । समुन्द्रमा गएका मछुवाहरुलाई फिर्ता बोलाइएको छ । तटीय क्षेत्रमा माइकमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ ।
त्यस्तै ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन् । दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ ।
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया