बुधबार, चैत ११, २०८२

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

मेरोन्यूज २०८१ कार्तिक ९ गते १६:४२

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए। उनका अनुसार श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरुको उपस्थिति थियो ।

राखेपको दोस्रो सदस्यसचिवका रुपमा राणाले छ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पु¥याउनुभएको थियो । विसं २०१७ देखि विसं २०२४ सम्म राणा परिषद्को सदस्यसचिव भएका थिए ।

नेपाल ब्याडमिन्टन सङ्घको सस्थापक अध्यक्ष हुनुभएका राण हाल आजीवन मानर्थ अध्यक्षको रुपमा रहनुभएको सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।

राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया