‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन

काठमाडौं । गत असोज ११ र १२ को अविरल वर्षाका कारण तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) प्रयोग गरी सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले आज दिउँसादेखि सो प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको बताए ।
तामाकोसी नदीको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको सात नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो ।
टावर बगाएपछि उक्त लाइनबाट गत १३ असोजबाट विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन टुटेको थियो । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने गरेको छ । खिम्ती–लामोसाँघु काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति हुने महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनको विद्युत् लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी नदी जलाधार क्षेत्रमा निर्माण गरिएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि विद्युत् निर्यातसमेत प्रभावित भइरहेको थियो ।
हाल इआरएसमार्फत लाइन सञ्चालन गरी बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण प्रक्रिया सुरु भइसकेको जनाइएको छ । प्राधिकरणले आफैैँसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो ।
इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर इआरएस टावर राखिएको प्राधिकरणले जनाएको छ ।













पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
President Paudel pays tributes to nation builder Prithvi Narayan Shah
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया