लेबनानमा पाँच इजरायली सैनिकको मृत्यु, ४ जना गम्भीर घाइते

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले राति दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।
आईडीएफका अनुसार मारिनेहरूमा दुई अधिकारी सहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू थिए ।
इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार सैनिकहरूले गाउँमा आपूर्ति गरिरहेका बेला लेबनानी गाउँको एउटा घर अगाडि हिजबुल्लाहद्वारा रकेटले आक्रमण गरेको थियो ।
उक्त घटनामा सात इजरायली सैनिकलाई सामान्य चोट लागेको र अन्य १० जना सामान्य घाइते भएको बताएको छ ।
यस घटनाले बुधबार र बिहीबार दक्षिणी लेबनानमा मारिएका इजरायली सैनिकको सङ्ख्या १० पुगेको छ, जबकि ११ गम्भीर घाइते भएका छन् ।
साथै, इजरायली वायुसेनाले बिहीबार दक्षिणी लेबनानमा हिजबुल्लाहको रडवान एलिट इकाईका कमाण्डर अब्बास अदनान मोस्लेमलाई मारेको छ ।
इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा दुई सय भन्दा बढी हिजबुल्लाह लक्ष्यहरू आक्रमण गरका विज्ञप्तिमा भनिएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया