इजरायलद्वारा इरानमा व्यापक हवाई आक्रमण

काठमाडौं । इजरायलले इरानमा हवाई आक्रमण सुरु गरेको छ । एक महिना अघि इरानले गरेको आक्रमणको प्रतिकार स्वरूप इजरायलले अहिले सो आक्रमण गरेको हो ।
शनिवार बिहान तेहरानमा धेरै पटक विस्फोटको आवाज सुनिएको थियो ।
रिपोर्ट अनुसार इजरायलले इरानको राजधानी तेहरान तथा करजमा आक्रमण गरेको हो।
इजरायल डिफेन्स फोर्स (आइडिएफ) का प्रवक्ता डेनियल हगारीले इजरायलले अक्टोबर १ मा भएको आक्रमणको जवाफ दिएको बताए। उनले इरानको सैन्य इलाकाहरुमा सटिक आक्रमण गरेको बताएका छन् ।
एक महिना अघि हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत अन्य धेरै नेता मारिए पछि यसको प्रतिक्रिया स्वरूप इरानले इजरायलमा आक्रमण गरेको थियो । यस पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रत्याक्रमण हुने बताएका थिए ।
यस वर्ष इजरायलले धेरै इस्लामिक सैन्य समूहसँग युद्ध गरिरहेको छ । गाजामा हमास, लेबनानमा हिजबुल्लाह तथा यमनमा हुथीसँग इजरायलको लडाइ एकै पटक चलेको छ ।
इरानी सरकारी सञ्चारमाध्यामका अनुसार विस्फोट इमाम खुमैनी अन्तर्राष्ट्रिय एयरपोर्टको नजिकै भएको बताए छन्। इजरायलले अहिलेसम्म कम्तीमा ७ मिसायलहरु प्रहार गरेको बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् ।
यो सँगै इरानले आफ्नो एयर स्पेस बन्द गरेको छ।
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया