विभिन्न ब्रान्डको ४३ थान अवैध मोबाइलसहित २ जना पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक १० गते ११:४३

रौतहट । रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडक खण्डबाट प्रहरीको गस्ती टोलीले भन्सार छली ल्याएको विभिन्न ब्रान्डको ४३ थान मोबाइलसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ४ का २५ वर्षीय नितेश पटेल र २२ वर्षका सचिन पटेल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। ग ५ प ७२७१ नम्बरको मोटरसाइकलमा शुक्रवार साँझ सीमाक्षेत्र बाट आउँदै गरेका पटेलद्वयलाई शङ्का लागेर बम नगर स्थित अस्थायी प्रहरी पोष्ट को टोलीले चेकजाँच गर्दा उनीहरूले भारत बाट अवैध रूपमा ल्याएको ४३ थान मोबाइल बरामद गरिएको प्रवक्ता राय ले जानकारी दिएका छन्।
बरामद मोबाइल मोटरसाइकलसहित दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया