नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले आज सहयोगका विषयमा सम्झौता गरेका हुन् ।
बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः नेपाल लाउ बाइ एनटीबी, अन्तर्गगत पर्यटन उद्योग, देशका पर्यटक र आम जनता र विश्वभरका नेपालीहरू बीच दैनिक सञ्चार र पर्यटन अद्यावधिकहरू सहित पर्यटन जानकारीको प्रसारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ । यस च्यानललाई नेपालको विभिन्न भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा नवीनतम समाचार र अपडेटहरू आदान प्रदान गर्न पनि प्रयोग गरिनेछ । साझेदारीको अवधिमा पर्यटन प्रवर्द्धन अभियान र स्टिकर प्याकहरू पनि सञ्चालन गरिनेछ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकायले नेपालको पर्यटन प्रवर्द्धन हुनेमा आशावादी रहेको बताए । “भाइबर धेरै लोकप्रिय प्लेटफर्म हो । यसले नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा अझ बढि ब्रान्ड भिजिबिलिटी बनाउनुका साथै हाम्रा उत्पादन र अनुभवहरूलाई विविधीकरण गर्न मद्दत गर्नेछ भन्नेमा हामी सकारात्मक छौं । हामी पूरक र क्रस कटिङ सञ्चारका लागि ट्राभल ब्लगरहरू, सामग्री सिर्जनाकर्ताहरू, टुर अपरेटरहरू र यात्रुहरूको साथ एक गतिशील समूह सिर्जना गर्ने योजनामा छौं । डिजिटल एक्सचेन्ज र एआईको यो युगमा, हामीले हाम्रा दर्शकहरूलाई थप आकर्षक र व्यक्तिगत रूपमा पुग्न त्यस्ता लोकप्रिय च्यानलहरूको प्रयोग गर्नु महत्वपूर्ण हुनेछ,” उनले भने ।
एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले राकुटेन भाइबर विगत केही वर्षदेखि नेपालको पर्यटन उद्योगलाई सहयोग गर्न प्रतिबद्ध रहको बताए । उनका अनुसार नेपाल पर्यटन बोडसँगको साझेदारीले नेपाललाई घुम्नैपर्ने गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया