एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।
देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए ।
साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय सङ्गठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्याङ्कन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।
कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी रहेका छन् । नेताहरूको क्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा सङ्गठनिक कार्यविभाजनको गृहकार्य तथा परामर्श गरिरहेको सचिव पाण्डेयले बताए ।
कार्यविभाजन गर्नुअघि पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरिने जनाइएको छ । समान विचारधारा भएका, कम्युनिष्ट पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिए ।
कम्युनिष्ट नेता वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादी पार्टीबिच एकीकरणको गृहकार्य भइरहेको, नेता गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख जस्ता विषयमा लिखित प्रतिबद्धता माग गरेपछि थप छलफल गरी निष्कर्षमा पुग्ने गौतमले बताए ।















लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया