ट्रम्पविरुद्ध मिचेल ओबामा आक्रामक : मानसिक स्वास्थ्यमा समस्या आएको आरोप

न्युयोर्क ।अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसको साथमा वकालत गर्दै पूर्व अमेरिकी प्रथम महिला मिचेल ओबामा आक्रामक रूपमा प्रस्तुत भएकी छिन्।
मिचिगनमा भएको कार्यक्रममा उनले डोनाल्ड ट्रम्पबाट अमेरिकालाई जोगाउन आवश्यक रहेको बताएकी हुन्। मिचिगनमै ट्रम्पले अरब अमेरिकनसँग भेट गर्दै आफूहरूले मात्र परिवर्तन गर्न सक्ने बताए।
निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा हरेक सर्वेक्षणले मिचिगनमा तीव्र प्रतिस्पर्धा देखाएको छ। मिचिगनमा १५ इलेक्ट्रोल मत छ।
सन् २०२० मा जो बाइडेनले दुई दशमलव ७८ प्रतिशत बढी तथा एक लाख ५० हजार मत बढी पाएका थिए। सोही राज्य उनको जितमा लागि एउटा मुख्य आधार बनेको थियो। सन् २०१६ मा ट्रम्पले सोही राज्यमा हिलारी क्लिन्टनलाई ०.२३ प्रतिशतले पछि पारेका थिए।
हजारौँ जनाको भिडमा बोल्दै ओबामाले ट्रम्पको अनियमित व्यवहारले मानसिक स्वास्थ्यमा समस्या आएको कुरामा जोड दिइन्। उनले ट्रम्पको जितले गर्भपतनसम्बन्धी अधिकार लगायत यावत विषयमा धेरै प्रभाव पार्ने कुरामा जोड दिइन्। मिचिगनमै ट्रम्पले आप्रवासी, अर्थतन्त्र र ऊर्जा विषयमा जोड दिएका छन्।













यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया