‘जेरी अन टप’ को छायांकन सुरू
मेरोन्यूज
२०८१ कार्तिक १२ गते १५:०३

काठमाडौं । अनमोल केसीको शीर्ष अभिनय रहने फिल्म ‘जेरी अन टप’ को छायांकन सुरु भएकाे छ। सोमबार पाटनको मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन थालेको हो ।
सुयोग गुरूङको निर्देशन रहने यो फिल्ममा अनमोलसहित जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, विपना थापा, केदार घिमिरे (माग्नेबुढा), सुरक्षा पन्त, निर्मल शर्मा लगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्मबाट अभिनेता भुवन केसीले तीन वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेका हुन्। ५० दिनको छायांकन तालिका राखिएको फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिने बताइएको छ ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् ।
लभस्टोरी जनरामा बन्न लागेको फिल्मको प्रदर्शन भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेलाई तय गरिएको छ।



सम्बन्धित










पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिक्रिया