‘जेरी अन टप’ को छायांकन सुरू
मेरोन्यूज
२०८१ कार्तिक १२ गते १५:०३

काठमाडौं । अनमोल केसीको शीर्ष अभिनय रहने फिल्म ‘जेरी अन टप’ को छायांकन सुरु भएकाे छ। सोमबार पाटनको मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन थालेको हो ।
सुयोग गुरूङको निर्देशन रहने यो फिल्ममा अनमोलसहित जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, विपना थापा, केदार घिमिरे (माग्नेबुढा), सुरक्षा पन्त, निर्मल शर्मा लगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्मबाट अभिनेता भुवन केसीले तीन वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेका हुन्। ५० दिनको छायांकन तालिका राखिएको फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिने बताइएको छ ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् ।
लभस्टोरी जनरामा बन्न लागेको फिल्मको प्रदर्शन भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेलाई तय गरिएको छ।



सम्बन्धित
















नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
प्रतिक्रिया