सेयर बजार २६९२ अंकमा पुग्यो, सबै सूचक बढे

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४६.६९ अंक बढेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १.७६ प्रतिशत बढेर २६९२.०५ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम पनि वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । आज परिसूचक सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ । यो समूहको परिसूचक ३.६० प्रतिशतले वृद्धि भएको छ ।
यस दिन २२१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सप्तकोसी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।















पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया