आजको राशिफल: वैशाख ७ गते मंगलबार

काठमाडौं । आज २०७८ वैशाख महिनाको ७ गते मंगलबार, चैत्र शुक्लअष्टमी तिथि । चैत्राष्टमी अर्थात चैतेदशैं । अब लागौं आजको राशिफल तर्फ
मेष
मनमा दृढता बृद्धि हुने छ । मनमा सुख शान्तिको अनुभुति थपिने छ । ज्ञान आर्जनमा प्रगति हुने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । मान सम्मान प्राप्त हुने देखिन्छ । गुप्ताङ्ग सम्बन्धि रोगले सताउला ।
वृष
रिस चाँडै उठ्ने छ । भाग्यको साथ रहनाले पेशागत तथा ब्यापार विजनेशमा सफलता प्राप्त हुने छ । भाग्यको साथ रहनाले मानसम्मान प्राप्त हुने छ । कब्जियत सम्बन्धी समस्याले च्याप्ने छ ।
मिथुन
बोल्ड ब्यक्तित्व हुने छ । आम्दानीमा बृद्धि हुने छ भने शत्रु नाश हुने छन् । घुडा तथा श्रमसम्बन्धी समस्या बढ्न पुग्ने छ । छोटो छोटा यात्रा गर्ने अवस्था आउने छ । बोलीमा मधुरता आउने छ ।
कर्कट
शितल प्रकारको स्वाभाव हुने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने छ । राजनीतिक क्षेत्रमा लागेकाहरुलाई उन्नति हुन जाने छ । सन्तान सुखमा भने कमि आउने छ ।
सिंह
माथिल्लो पेट, ग्याष्ट्रिक आदीले सताउने छ । पेशागत जीवनमा विभिन्न खाले आरोप पत्यारोप लाग्न जाला । दाम्पत्य जीवनम कटुता उत्पन्न हुन जाने छ । साझेदारीको ब्यवसायमा समस्या उत्पन्न हुने छ । भाग्यको साथ रहने हुँदा समस्यासँग जुध्ने तागत भने प्राप्त हुने छ ।
कन्या
घर घडेरी तथा धन सम्पत्तिका विषयमा बादबिबाद तथा द्वन्द बढ्न पुग्ने छ । रोग ब्याधि तथा छाला सम्बन्धी समस्याले पिरोल्ने छ । समयमा बुद्धि नआउने भएका कारण निर्णय क्षमतामा कमि आउने छ । तरल पदार्थ सम्बन्धी ब्यवसायमा संलग्नहको भने आम्दानी बढ्न पुग्ने छ ।
तुला
दाँत, आँखा तथा अनुहारमा चोट पटक लाग्न सक्छ । बोलीमा कडापन बृद्धि हुने भएकाले पारीवारिक सदस्यहरुका बीच कटुता बढ्न जाने छ । पेशागत जीवनलाई लिएर मनमा सन्तोष प्राप्त हुने छ । कामको कदर हुने छ । दाम्पत्य जीवनमा भनाभन हुन जाने छ ।
वृश्चिक
जीवनप्रति उत्साह भन्दा निरुत्साहका विचारहरु बढि आउने छन् । दाम्पत्य जीवनमा मधुरता हुने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने भएता पनि पेशागत जीवनमा भने विभिन्न आरोप पत्यारोप खेप्नु पर्ने अवस्था आउन जाने छ । शारीरिक थकान अत्याधिक हुन जाने छ ।
धनु
पारीवारिक मिलन हुने छ । पैतृक सम्पत्तिका विषयमा देखिएका बिबाद समाधानतर्फ जाने छन् । अध्ययन अध्यापनमा मन लाग्ने छ । पैतला तथा खुट्टामा चोट पटक लाग्न सक्ने देखिन्छ । जीवनसाथिको कडा स्वाभावका कारण पीडित बन्नु पर्ने अवस्था आउने छ ।
मकर
दाम्पत्य सुख प्राप्त हुने छ । मनमा उत्पन्न भएका कतिपय दुविधाहरु जीवन साथिको साथले समाधान तर्फ जाने छन् । घर घडेरी सम्बन्धि विषयमा मुद्धा मामिला जस्ता प्रशासनिक तथा न्यायिक निकायमा द्वन्द चर्किने देखिन्छ ।
कुम्भ
प्राज्ञिक व्यक्तित्वका कारण लाभ मिल्ने छ । खासगरी प्राज्ञिक क्षेत्रमा संलग्न व्यक्तिहरुको हकमा लाभ हुने समय छ । माथिल्लो पेट तथा छाति सम्बन्धी समस्याले सताउला । मनमा दुविधा उत्पन्न हुन पुग्ने छ । मनमा धेरै विचारहरु एकै पटक आइरहने हुँदा निन्द्रामा समस्या देखा पर्ने छ ।
मीन
भाग्यको साथ कम हुने भएकाले बन्न खोजेका जस्ता देखिने कामहरु पनि अड्किन जाने छन् । बोलीको प्रभाव बढ्न जाने भएकाले मार्केटिङ्ग, जनसम्पर्क क्षेत्रमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । पढाइमा मन लाग्ने छ भने सन्तान सुख प्राप्त हुने छ । प्रतिष्पर्धीहरुले पारीवारिक कमजोरीलाई आधार मानि प्रहार बढाउने छन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















प्रतिनिधिसभा निर्वाचनः कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?
श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
प्रतिक्रिया