‘कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् ।
पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा आज आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए ।
अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिस्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै प्रमुख समस्या हो ।”
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिस्ट एकताबद्ध भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा दण्डहिनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिस्ट पार्टीले विगतका गरेका कमीकमजोरी स्विकारेर एकीकृत हुनुपर्ने विचार व्यक्त गरे ।
दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणका लागि मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया