तिहारमा माछाको मूल्य बढ्यो
मेरोन्यूज
२०८१ कार्तिक १६ गते २१:३२

काठमाडौँ । तिहारमा माछाको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार २ देखि ७ प्रतिशतसम्म माछाको मूल्य वृद्धि भएको हो ।
कार्तिक १ गते ताजा रहु माछाको मूल्य प्रतिकिलो ३४२ रुपैयाँ थियो, भने कार्तिक १४ गते ९ रुपैयाँले मूल्य बढेर ३६१ रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै, २४५ रुपैयाँ प्रतिकिलो पर्ने ताजा बचुवा माछाको मूल्य वृद्धि भई २६३ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
यस्तै, १४ दिन अगाडी प्रतिकिलो छडी माछाको प्रतिकिलो २५० रुपैयाँ प्रतिकिलो पर्थ्यो भने सोको मूल्य वृद्धि भई २६० रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा उल्लेख छ । यो मूल्य ताजा माछाको रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।
सम्बन्धित










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया