बार्सिलोनामा भारी वर्षाले रेल सेवा अवरुद्ध, भ्यालेन्सियामा सेनाद्वारा बाढी पीडितहरूको खोजी जारी

बार्सिलोना । पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सय बढी मानिसको ज्यान लिएको थियो । निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा स्थगित गर्नुपर्यो ।
स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाका ८० लाख जनसंख्या भएको क्षेत्रमा सबै यात्रु रेलहरू स्थगित गरेको बताए । बार्सिलोनाका मोबाइल फोनहरूमा शहरको दक्षिणी सीमामा ‘अत्यधिक र निरन्तर वर्षा’ को चेतावनी बजेको थियो । चेतावनीमा मानिसहरूलाई सामान्यतया सुक्खा खोंच वा नहरहरूबाट टाढा रहन आग्रह गरिएको थियो ।
पुएन्टेले वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको जानकारी दिए । विमानस्थल शहरको दक्षिणी भागमा अवस्थित छ । बाढीका कारण धेरै राजमार्गहरू बन्द गरिएका छन् । बार्सिलोना र भ्यालेन्सियाको बीचमा पर्ने दक्षिणी क्याटालोनियाको टारागोना शहरमा वर्षाको रातो चेतावनी जारी गरिएपछि कक्षाहरू रद्द गरिएका छन् ।
यसैबीच भ्यालेन्सियामा घरभित्र र हजारौँ क्षतिग्रस्त कारभित्र शवहरूको खोजी जारी छ । गत हप्ताको बाढी बस्ती भएका क्षेत्रहरूमा पुग्दा कारहरू सडक, राजमार्ग र नहरहरूमा छरिएका छन् । नागरिक, स्वयंसेवक र हजारौँ सैनिक तथा प्रहरी अधिकारीले हिलो र भग्नावशेष सफा गर्ने विशाल अभियानमा सहयोग गरिरहेका छन् ।









तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
प्रतिक्रिया